
बि पि कोइराला युवा बिकास नेतृत्व मंच राप्ती नगरपालिका को आयोजनामा राप्ती ४ डडुवा चोकमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बि पि कोइरालाको बिचार आदर्श हरुलाइ गाउगाउमा प्रचारप्रसार गर्ने उदेश्यका साथ आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा सभापति यसै सस्थाका अध्यक्ष सन्दिप थपलिया, प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य भिमप्रसाद थपलिया, बिशिस्ट अतिथि हरु नेपाली काङ्ग्रेस राप्ती नगर सभापति नारायण उप्रेती,महाधिवेशन प्रतिनिधि लोकराज पान्डे,अतिथिहरु राप्ती नगरसचिब महेश्वर थपलिया,ने बि संघ क्षेत्रीय सभापति सुदिप कु ओलि, ने बि संघ राप्ती नगर सभापति काशिराम चालिसे रहनु भएको थियो।
नेपाल को अस्तित्व रहनको लागि बि पि को विचारलाई अवलम्बन गरि अगाडि बढ्नु पर्ने, नेपाली काङ्ग्रेस नै देशको राजिनितिक विकल्प रहेको कुरा प्रमुख अतिथिले बताउनु भयो।