
पर्सा खैरहनी जुनियर जेसीजको अध्यक्ष पदमा राजीव पाठक निर्विरोध निर्वाचित भएका छन् ।
शाखाको आज भएको चौथो वार्षिक साधारणसभा(AGM) तथा तेस्रो शाखा अधिवेशनबाट(LOM CONVENTION) राजीव पाठक वर्ष २०२१ का लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षसंगै कार्यकारिणी उपाध्यक्ष , उपाध्यक्ष र निर्देशक पदमा समेत सबै निर्विरोध निर्वाचित भएका छन् ।
वर्ष २०२१ का लागि कार्यकारिणी उपाध्यक्ष पदमा जु.जेसि रिवाज अर्याल , जु. जेसि रिजन भण्डारी र जु. जेसि रवि श्रेष्ठ ; उपाध्यक्ष पदमा जु.जेसि रोबिन कडेल , जु.जेसि अन्जन बोहोरा , जु.जेसि विजय उप्रेती , जु.जेसि कसिस डल्लाकोटी निर्विरोध निर्वाचित भएका हुन् भने निर्देशकमा जु.जेसि जेसिक पुन , जु.जेसि जेनिस पौडेल , जु.जेसि अभिषेक धरेल , जु.जेसि यमन श्रेष्ठ निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष पाठकले जु.जेसि सेलिशा आचार्यलाई महासचिव , जु.जेसि दिप्सिका श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन् भने कानुनी सल्लाहकारमा जु.जेसि अमन चौधरीलाई मनोनीत गरेका हुन् । सबैजना निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पवन रैलाले जानकारी दिए ।