बङ्गलामुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड राप्ती नगरपालिका वडा नम्बर ०२ को अध्यक्षमा भुवनराज रुवाली सर्वसम्मत चयन हुनुभएको छ ।

संस्थाको मिति २०७७/०९/१६ देखि २०७७/०९/१८ सम्म भएको अधिवेशन बाट रुवाली अध्यक्षमा चयन हुनुभएको हो । संस्थाको उपाध्यक्षमा कुल कुमारी सापकोटा,सचिवमा शिवराज सेढाई,कोषाध्यक्षमा भबनाथ पाण्डे र अन्य सदस्यहरुमा राजकुमार कंडेल, रामकृष्ण थापा,कोपिला दुवाडी चयन हुनुभएको हो ।

आज एक कार्यक्रमका बिच राप्ती नगरपालिका वडा नं. ०२ का अध्यक्ष श्यामसुन्दर उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्नुहुदै अध्यक्ष उप्रेतीले सहकारीको माध्यमबाट गाउँ नगरलाई बिकास गर्न लाग्नुपर्ने बताउनुभयो । नया कार्यसमितिले नयाँ जोस जागरका साथ काम गर्न हौसला पनि प्रदान गर्नुभयो । तत्कालीन अध्यक्ष रुद्रलाल बर्तौलाको असामहिक निधन पछि अध्यक्ष पद रिक्त रहेको थियो ।

त्यस्तै गरि सस्थाको लेखा समिति संयोजकमा कुशल ओली अन्य सदस्यहरुमा रोमाञ्चकान्त डल्लाकोटी , शंकर घिमिरे, सल्लाहकारहरुमा प्रकाश शिवाकोटी , विश्वनाथ त्रिपाठी , डण्डराज पाण्डे चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार