
राप्ती नगरपालिकास्थित भण्डारामा अवस्थित बाबा जगदीश्वर आयलको प्राङ्गणमा एक दिने महायज्ञ सम्पन्न भएको छ।
राजमार्गमा दुर्घटना परि मृत्यु भएका साथै अन्य विविध कारणवश दुर्घटना परि ज्यान गुमाउनेको सम्झनामा पितृ उद्धार तथा अनिष्टनाशक स्वस्ति शान्ति कार्यक्रम आयोजना गरिएको आयोजक विश्व हिन्दु महासंघ, राप्ती नगर समितिले जनाएको छ।
कार्यक्रम बिहान आठ बजेबाट सुरु भएको थियो।