पूर्वी चितवनको राप्ती नगरपालिका स्थित विरेन्द्र आदर्श माविको चौरमा जारी खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा सहयोगी युवा क्लब र युनिभर्सल होटल एण्ड होम एप्लाइन्सेस टीम भिड्ने भएको छ।

सहयोगी युवा क्लबद्वारा आयोजित खेलमा आयोजक युवा क्लब र होम एप्लाइन्सेस टीमले पौष २५ गते शनिबार फाइनल खेल्ने भएको हो।

खेल मंसिर २७ गतेबाट सुरु भएको थियो। “स्वास्थको लागि खेलकुद,राष्ट्रको लागि खेलाडी” भन्ने मुल नारा सहित खेल सुरु गरिएको थियो। शनिबार एक समापन समारोह बीच खेल सम्पन्न गरिने आयोजक समितिका संयोजक दिपेन्द्रराज अधिकारीले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर