पूर्वी चितवनको राप्ती नगरपालिका स्थित वीरेन्द्र माविको चौरमा सहयोगी युवा क्लबद्वारा आयोजित खुल्ला टी-20 नकआउट क्रिकेट प्रतियोगिता समापन भएको छ।

आज पौष २५ गते भएको फाइनल खेलमा युनिभर्सल होटल एण्ड होम एप्लाइन्सेसले आयोजक टीम सहयोगी युवा क्लबलाई हराए लगत्तै प्रतियोगिताको समापन भएको हो।

समापन कार्यक्रममा प्रमुख अतिथिको भुमिकामा राप्ती नगरपालिका नगर प्रमुख प्रभा बराल,विशिष्ट अतिथिमा राप्ती नगर कार्यपालिका सदस्य श्यामलाल विक, राप्ती नगरपालिका वडा नं.०८ का वडाध्यक्ष बुद्धिराज थपलिया र राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार कँडेल हुनुहुन्थ्यो।

खेलमा युवा क्लबको तर्फबाट १५ ओवरमा १०२ लक्ष्य तय गरिएको थियो। जवाफी ब्याटिङमा युनिभर्सल टीमले ६ विकेट गुमाउदै जीत हात पारेको थियो। जीतको लागि टीमबाट राष्ट्रिय खेलाडी हरि बहादुर चौहानले अविजित ४७ रन बनाए। उनी म्यान अफ त म्याच घोषित भए।

विजयी टीम युनिभर्सलले ३३,३३३/- रकम, ट्रफी तथा मेडल र उप विजेता टीम युवा क्लबले २२,२२२/- रकम,ट्रफी तथा मेडल प्राप्त गर्न सफल भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार