गायक सौगात जंग थापाको आवाजमा रहेको ‘मैले गर्ने माया…’ बोलको गीत सार्वजनिक भएको छ । सौगातलाई आवाजमा गायिका मेलिना राईले साथ दिनु भएको छ । उत्तम कुमार बर्तौलाले रचना गरेको गीतमा प्रशान्त पौडेलको संगीत सुन्न पाइन्छ ।

गीतको भिडियो समेत आर्कषक बनेको छ । उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशनमा तयार भएको भिडियोमा सुधिर श्रेष्ठ र गिता ढुंगानाको अभिनय हेर्न पाइन्छ । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको म्युजिक भिडिओको छायांकन ज्ञानेन्द्र शर्माले गर्नुभएको हो । भिडियो सम्पादनको जिम्मा अमृत चापागाईले पुरा गर्नु भएको हो ।

उनको  पहिलो गीत नओइलिने फूल हो । यो दोस्रो गीत हो । केही गीत स्टुडियोमा रेकर्ड भएर बसेका छन् । अब त्यसलाई बिस्तारै बजारमा ल्याउनेछु । यसका अलावा केही गीत अब रेकर्डको क्रममा छन् ।’थापाले भने।

प्रतिक्रिया

सम्बन्धित खवर