
सहिद बलराम दुग्ध उत्पादक सहकारीको निर्वाचनमा छविलाल भुसाल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।
आज पौष २६ गते भएको निर्वाचनमा उहाँले ४९१ मत ल्याउदै विजय हासिल गर्नुभएको हो।
त्यस्तैगरि उपाध्यक्षमा बुद्विकान्त खरेल निर्विरोध चयन हुनु भएको छ भने सदस्यमा मिनमाया क्षेत्रि,ऋषिराम पाण्डे , खगराज कडेल, सीता पाठक , गोपाल प्रसाद न्युरे, बाबुराम सापकोटा,संगीता थापा मगर, गगा तामाङ , लिला नाथ अधिकारी , गिता पाठक , तुल्सीराम कँडेल विजयी हुनु भएको हो छ। लेखा सम्योजकमा ओम राज खरेल निर्विरोध विजय हुनु भएको छ र लेखा सदस्यमा प्रदिप कुमार अधिकारी र बालकृष्ण देबकोटा विजयी हुनुभएको छ।
कुल ७ सय ६३ जनामा ५ सय ९८ जना सदस्यको मत खसेको थियो तथा १७ मत बदर भएको व्यहोरा निर्वाचन समिती संयोजक गोविन्द कँडेलले जानकारी दिनुभयो।