पदलुप्तता र कुचेष्टाका निम्ति महान सहिदहरु लखन थापा ,गंगालाल, शुक्रराज हजारौं सहिदहरु ले जीवन मरण गर्नु परेको  हो। यहाँ गम्भीर प्रश्न चिन्ह खडा भएको छ साथीहरु, के गरीब र निमुखाको निम्ति झन् शोषण होस् भनेर राजनीतिले परिकल्पना गरेको छ?म प्रश्न गर्न चाहान्छु। त्यो महत्वपुर्ण धरातललाई आज मृत्युको शैयामा पुराउने बित्तिकै अर्का लखन,शुक्रराज नजन्मिएलान् भन्नू त पक्कै पनि  मुर्खता हुन्छ होला।

आज भन्दा केही बर्ष अगाडि विश्वको दुई तिहाइ भु-भागमा कम्युनिस्टको शासन थियो तर बिडम्बनाका साथ भन्नू पर्छ फाशिस्ट शासन गर्ने प्रणालीका कारण र डनिङ्ग क्रुगर इफेक्टका कारण ती तमाम अबसर र चुनौतीहरु आज  इतिहासका पानामा सुसज्जित छन् र जनता माथी हैकम जमाउने सामन्ती सोच विचारले गर्दा त्यस ठाउँका नागरिक शासित हुनु परेको कारण ती सबै आज इतिहासको पानामा सिमित हुनु परेको छ । नेपाली जनताको पसिना र खुनबाट उत्पन्न भएको महान् क्रान्ती पश्चात्  ढलेको निरंकुश राणा शासनबाट उत्पन्न भएको नेपाली राजनितीक,सामाजिक र शैक्षिक अवस्थाले नेपालका श्रमजिवी,सर्बहारा र तमाम वर्ग जो शोषण र उत्पीडनको चेपुवामा परेका थिए। उनीहरुको उचित ब्यवस्थापन र आधारभूत आवश्यकता परिपुर्ति हुनुको सट्टा फेरि उदय भएको पन्चायती दमनले गर्दा झन् नेपाली जनता आक्रामक भए र सर्बहारा वर्गको अधिनायकत्वको निम्ति भनी  केहि सामाजिक अगुवाहरुले द्वन्द सिर्जना गरिरहे र १० वर्षे जनयुद्धमा हजारौं नेपालीहरु सहिद भए। त्यसपछि पनि युद्धकै आडमा नेपालमा ६२/६३ को अप्रिल क्रान्ती भनी चिनिने आन्दोलनले शाहितन्त्र ढाल्यो र कठोर संघर्ष पश्चात् नयाँ शासन प्रणाली को आवगमन भयो तरपनी आज सम्म नेपाली जनताले न्यायको प्रत्याभूत गर्न पाएका छैनन् र नेपालको संविधानले दिएको हक अधिकारहरु स्वतन्त्रता पुर्वक पाएका छैनन।

आज शासन गर्ने शासकको सामन्तवादी विचारले फेरि पनि हाम्रा शासकका बर्खिलाप  एउटा महान क्रान्तिको उदय अहिलेको यो  माहोलले गर्दा उत्पन्न नहोला भन्ने स्थिति छैन ।  नेपाली जनता सधै भरि हरेक क्षेत्रमा परिवर्तन चाहन्छ र त्यही मौकाछोपि केही पुँजिवादी दलालहरु नेपाली जनता माथी खेलिरहन्छन र हरेक समय नोकरशाहि तन्त्रको खाडलमा सबै वर्गलाई जाकि दिन्छन् अनि  त्यस्को स्वाद लिन साशकहरु पछि पर्दैनन ।

त्यो विगत कै नजिर छ। सोभियत संघ आज हाम्रो मनमस्तिकमा छ । १८ औ शताब्दीको मध्य देखि १९ औ शताब्दीको मध्य सम्म चलेको औधोगिक क्रान्तीले जन्माएको समाजवाद र कम्युनिस्ट मेनिफेस्टोलाई झन् वैज्ञानिक तवरबाट कार्यन्वयन गरेर अग्रसर हुनु पर्ने परिपेक्षमा यसको खिल्ली उडाउन २१ औ शताब्दीका कम्युनिस्ट  विचारधाराका जमातलाई नैतिक छुट छैन। पुँजिवादको प्रारम्भिक चरणबाट  प्रादुर्भाव भएको मार्क्सवादका सघटक अङ्गहरु राजनिती अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई खोस्टा बनाउने दुस्साहस न हाम्रा केन्द्रिय कमान्डका नेताहरुलाई छ न त स्थानिय तहका क. हरुलाई। हामी विधिको शासन चाहान्छौँ, हामी समृद्धि चाहान्छौँ, हामी बिकास चाहान्छौँ,हामी हरेक पल परिवर्तन चाहान्छौ, हामी कानुनको प्रत्याभूत चाहान्छौ, हामी संविधानको धाराको हक अधिकार चाहान्छौँ, हामी स्वच्छ समाज चाहन्छौँ।

प्रतिक्रिया

सम्बन्धित खवर