गल्फर सुवास तामाङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद सागमा २ स्वर्ण जितेका सुवासले वर्ष खेलाडी युवा विधाको अवार्ड जितेका हुन् ।

त्यस्तैगरि गौरिका सिंह एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी चयन भएकी छिन् ।

गत वर्ष नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले ऐतिहासिक ४ स्वर्णसहित कूल पदक जितेकी थिइन् ।
अवार्ड तथा खेलाडीको नाम-

उत्कृष्ट खेलाडी (पुरुष) : मन्देकाजी श्रेष्ठ (कराते)
उत्कृष्ट खेलाडी (महिला) : गौरिक सिंह (पौडी)
पिपल्स च्वाइज : अरुणा शाही (भलिबल)
उत्कृष्ट प्रशिक्षक : नवीन श्रेष्ठ (तेक्वान्दो)
उत्कृष्ट युवा खेलाडी : सुवास तामाङ (गल्फ)
पारा एथ्लेट ‍: दिगमसिंह चेम्जोङ (पारा क्रिकेट टोलीका कप्तान)
स्पेशल अवार्ड : आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)
टिम अफ दि इयर : महिला भलिबल
लाइफटाइम अचिभमेन्ट : सिजरन शाह र गीता क्षेत्री (टेबलटेनिस)

प्रतिक्रिया

सम्बन्धित खवर