अकलादेबी परिवर्तनशिल महिला बचत तथा ऋण सहकारी संस्था लि. राप्ती न.पा. वडा नं. ०२ को ११ औ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। कोरोका भाइरस कोभिड-१९ को संक्रमणलाई बिशेष ध्यानमा राखि निश्चित व्यक्तिहरुलाई मात्र निमन्त्रणा गरिएको साधारण सभाको प्रमुख अतिथिमा राप्ती नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्याम सुन्दर उप्रेती (राजा) हुनुहुन्थ्यो । महिलाहरुको मात्रै स्वामित्वमा रहेको सहकारीमा ५९२ जना शेयर सदस्यहरुको सहभागिता छ ।  जिल्लाको हकमा महिलाहरुको एकमात्र ठूलो सहकारीले महिला अधिकार र महिला सशक्तीकरणमा पनि उत्तिकै आवाज उठाउदै आएको छ । राप्ती न.पा. वडा नं. ०२ का वडा अध्यक्ष तथा  कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले महिलाहरु यतिका सक्रिय र सहभागीताका साथ अग्रसर भएको संस्था एक मात्र भएको जिकिर गर्दै समाजमा उल्लेखनीय कार्य गरेर महिलाहरुको मुद्दामा संस्थाबाटै आवाज उठाउदै महिलाहरुलाइ नै हक अधिकार दिलाउने कार्यमा लागेको भनि तारिफ गर्दै आगामी दिनमा पनि सशक्त ढङ्गले लाग्न शुभकामना दिनुभयो ।

संस्थालाई आगामी दिनमा जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको बताउनुभयो ।आफू सधैं महिलाहरुको हितलाई मध्यनजर गर्दै अगाडि बढेको बताउनुभयो । संस्थाको बार्षिक प्रतिवेदन ,नीति तथा कार्यक्रम समेत सार्बजनिक गरिएको छ ।त्यस्तै बार्षिक आयब्यको  प्रतिबेदन संंस्था कि सचिव सुस्मिता थपलिया(पन्त) ले राखेकी थिइन ।तेस्रो अधिबेशनवाट केही सदस्यहरु नया आएका भए पनि अन्य भने सर्बसम्मत यथा स्थानमै रहेको संस्था कि उपाध्यक्ष पबित्रा पाठकले जानकारी गराउनुभयो । संस्थाको सभाहलमा भएको साधारण सभा तथा अधिबेशन सस्थाका अध्यक्ष सपना खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसै बिच सस्थाको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । सर्वसम्मत निर्वाचित समितिको अध्यक्षमा सपना खरेल , उपाध्यक्षमा पवित्रा पाठक , सचिबमा सुस्मिता थपलिया , कोषअध्यक्षमा सीता रिजाल , सदस्यहरुमा पवित्रा उप्रेती , बिना उप्रेती , सबिना पाठक , चन्द्रमाया शिबाकोटी , लक्ष्मी सापकोटा , सुन्तली रैला , पार्बती राई , अमृता घिमिरे , गगा आचार्य , शोभा भण्डारी उप्रेती , गगा थापा मगर , शान्तिदेबि सिलवाल , शर्मिला सिलवाल पाण्डे रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर