“स्वस्मै स्वल्पम समाजाय सर्वस्वम ” आफ्नो लागि कम , स्वार्थ रहित रहेर निस्वार्थ भावनाले सामाजका लागि समाज बिकास का निम्ति लाग। समाजमा रहेका व्यक्तिमा रहेको स्वार्थी भावना ‘मै खाउ मै लाउ’भन्ने भावनालाई पुर्ण रुपले सफा गरेर सहयोगी भावनाले भरिएको खोल ओढाएर सामाजिक कार्यमा होमिन प्रेरित गर्ने आवरण नेपालको लक्ष्यलाई पुर्णता दिनका निम्ति सामाजिक अभियानता जन्माउने स्थल

यस आवरण नेपालद्वारा आज दोलखा स्थित शैलुङ्ग गाउपालिका  ४ मागापौवामा स्थित श्री पिपलडाडा आधारभूत विद्यालयका सम्पुर्ण बिध्यार्थीहरु लाई न्यानो कपडा बितरण गरिएको  छ । विद्यालयमा रहेका ७० जना बालबालिकाहरू लाई निलो सुइटर ,निलो टोपी र मोजा बितरण गर्नुका साथै हाजिरीजवाफ प्रतियोगिता गरेर मनोरञ्जनात्मक र ज्ञानबर्धक कार्यक्रम समापन भएको छ ।

बिगतका दिनमा जस्तै यस  आवरण नेपाल ले सामाजिक कार्य गर्दै आएको र अब आगामी दिनमा पनि नेपाल भित्र दुरदराजका स्थानमा गएर यस्ता सामाजिक कार्य गर्ने कुरा यस संस्थाका अध्यक्ष बिबेक सापकोटाले जानकारी गराउनु भयो ।

यसै बिद्यालयका प्रधानाध्यापक लब कुमार  सुवेदीले यस कार्यक्रमलाई सहज बनाउनु अमुल्य भुमिका खेल्नु भएको छ  । उहाँले आगामी दिनमा पनि हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्नुभयो । कार्यक्रममा ७० जना बिद्यार्थी केही सङ्ख्यामा शिक्षक , अभिभावक तथा ग्रुपका सहयोगी सदस्य ८ जनाको उपस्थिती थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर