प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रचण्ड नेपाल समूहमा लागेपछि योगेश भट्टराईलाई बैगुनी केटाकेटी’ भनी संबोधन गरेका छन् । 

शनिबार नेकपा ओली समूहको प्रदेश १ कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा ओलीले पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराई बैगुनी भएको बताए ।

उनले भने,’म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न । दौडी दौडी गएर, भोट मागेर यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’ उनले व्याङ्ग्यात्मक शैलीमा भनेँ।

संसद विघटनमा आपत्ति जनाउदै योगेश भट्टराई लगायत अन्य ६ जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार