
कोरोना संक्रमणका कारण चितवनमा १०४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ६३ जना, खैरहनी नगरपालिकामा ९, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा १२, राप्ती नगरपालिकामा ५ जना, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा १ र१ जना गरी जिल्लामा कूल १०४ जनाको मृत्यु भएको हो ।
जिल्लामा हालसम्म ६६०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ३२१ जना निको भएका छन् । अझैपनि जिल्लामा १७५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५८ जना होम आइसोलेसनमा र १७ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।