
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ०४ मा नेपाली कांग्रेसले बृहत विरोध प्रदर्शन गर्ने भएको छ।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम तथा वर्तमान सरकारले सृजना गरेको भ्रष्टाचार र कुशासनको विरुद्धमा विरोध प्रदर्शन हुने भएको हो।
कार्यक्रम यही माघ ०८ गते बिहीबार दिउँसो १:०० बजे राप्ती नगरपालिका वडा नं. ०४ अन्तर्गत रेडक्रस चोकमा हुने नेवि संघका युवा नेता कृशार पाठकले बताए।
कार्यक्रमको आयोजना नेपाली कांग्रेस वडा नं.०४ वडा समिति,राप्ती नगरपालिका,चितवनले गर्नेछ।