पुर्वी चितवनको राप्ती-५ भण्डारामा मंगलबार राति बस र ट्रक ठोक्किँदा बस चालकको मृत्युु भएको छ । ट्रक चालक गम्भीर घाइते भएका छन् ।                       

काठमाडौँबाट पूर्वतर्फ आउदै गरेको ना ७ ख २१११ नम्बरको बस र विपरित दिशाबाट गइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक मंगलबार राति करिब साढे १० बजेको समयमा एक आपसमा ठोक्किएको हो । दुर्घटनाबाट ट्रक चालक सहित १५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना पश्चात ट्रक चालक भने चेपिएको अवस्थमा रहेकोले उद्धारमा केहि ढिलाई भएको थियो । झण्डै ४० मिनेट पछि चेपिएको उनलाई उद्धार गरि उपचारको लागि भरतपुर पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार