देवघाट, माघ ०७-
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ भित्र रहेको गोपिटर बाल बिकास केन्द्रका ९ जना र चेतना बाल बिकास केन्द्र बसेनिटारका २९ जना सहित ३८ जना आर्थिक अवस्था कम्जोर विद्यार्थीहरुलाई देवघाट गाउँपालिका शिक्षा शाखाको आयोजनामा सुईटर र शैक्षिक सामाग्री वितरण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै कुनै पनि बालबालिकाहरु शिक्षाको ज्योतिबाट बन्चित हुन नदिनको लागी  बाल बिकास केन्द्रहरु  संचालनमा ल्याएको र बिस्तारै बाल बिकास केन्द्रहरुलाई विद्यार्थीहरुको संख्या हेरि आधारभूत विद्यालय बनाउने उहाँले बताउनुभयो। साथै अध्यक्ष थापाले देवघाट गाउँ पालिकाको बिकास र शैक्षिक क्षेत्र गुणस्तरको लागी आफु निरन्तर लागि पर्ने बताउनुभयो।
कार्यक्रममा देवघाट गाउँपालिकाका शिक्षा शाखा अधिकृत होमनाथ लामिछानेले बाल बिकास केन्द्र संगै देवघाट गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयहरुको अनुगमन भइ रहेको र  शैक्षिक सुधार क्रमिक रुपमा अगाडी बढेको बताउनुभयो । त्यस्तै कार्यक्रममा सरसफाइ सम्बन्धि जानकारी भने देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारतीले दिनुभएको थियो।

कार्यक्रममा देवघाट गाउँ कार्यपालिका सदस्य चन्द्र प्रकाश बि.क, देवघाट १ नम्बर वडा सदस्य सुन्दर भुजेल लगाएतको उपस्थिति रहेको थियो । देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार