प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज देशभरका गाउँ/नगरका वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए।

उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज छ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो।

प्रदर्शनका लागि केन्द्रीय नेताहरू जिल्ला-जिल्ला पुगेका छन्।

सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै सरकारको उक्त कदमविरूद्ध वडाहरूबाट सक्रियताका साथ विरोध प्रदर्शन गर्न भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार