राप्ती नगरपालिका वडा नं. १२ मा नेपाली कांग्रेसको विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ। कम्युनिस्ट पार्टीको नेतृत्व सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलाेकतान्त्रिक कदमको विरूद्धमा विरोध कार्यक्रम गरिएको हो।

कार्यक्रम कुल बहादुर तमाङ्गको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथिको भुमिकामा ओम प्रसाद डल्लाकोटी हुनुहुन्थ्यो। त्यस्तैगरि विशिष्ट अतिथिमा अर्जुन चेपाङ तथा अतिथिमा रामेश्वर सिंह ओली हुनुहुन्थ्यो। उहाँहरुले कार्यक्रममा बिरोध भाषण गर्नुभएको थियो।

राप्ती नगरपालिका वडा नम्बर १२ द्वारा आयोजित उक्त कार्यक्रमको अवसरमा विभिन्न पार्टीमा आवद्ध ३० जनाले पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार