मेलम्ची । काठ क्षेत्रका चर्चित एबम सबैको मन मुटुमा बस्न सफल भएका लोकदोहोरी गायक सरोज लामिछानेको एकपछी अर्को गित हिट हुँदै गएको छ । पछिल्लो समय भर्खरै सार्बजनिक भएको निरकमला गित उत्कृष्ट भएको दर्शक तथा श्रोताले बताएका छन ।

सिन्धुपाल्चोकको माटोमा जन्मिएका लामिछानेले सांगितिक बजारमा नेपाली लोक गीतको छुट्टै स्थान खडा गरिसकेका छन् । निरकमला अहिले लोकप्रिय बन्दै गइरहेको छ । सिन्धुपाल्चोकको छोरो लामिछानेको नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन् । यसै सन्दर्भमा लोकप्रिय गायक एवम् सर्जक सरोज लामिछानेको गीत ‘निरकमला’ सार्वजनिक भएको छ ।

उक्त गीतको सम्पादन अविनाश डी.सी. ले गरेका छन् । त्यस्तै गीतको शब्द  संकलन अनि लय पनि स्वयम् गायक सरोज लामिछानेले नै गरेका हुन्  । गीत सरोज लामिछाने नामक युट्युव च्यानल मार्फत हेर्न सकिने लामिछानेले बताउनुभयो  । गीतको कोरियोग्राफरमा दिपक बी.सी. रहेका छन् भने गोविन्द पराजुली र सागर बाजुराली रिकोडिस्ट रहेका छन् ।उक्त गीतमा लोक दोहोरी गीतका गायक सरोज लामिछानेका साथै रेखा लामाले स्वर दिएकी छन् । विराज फुयाल र सन्दिप घिमिरेले निर्देशन गरेको गीतको भिडीयोमा दिनेश थापा, राजेश ढकाल, प्रीति तामाङ, सिर्जना किराति, मनीष खड्का, सिमा भण्डारी, सुनीता अधिकारी र कृतिषा कार्कीको अभिनय हेर्न सकिनेछ ।

लामिछानेका यसअघिका चर्चित बदम खाको सुन्तला छोडाको,सालको पात हे माया,हे मेरो सानू,कोठा भाडा तिर्दिने मैले हो जस्ता थुप्रै गितले दर्शक तथा श्रोताको मन जितिसकेका छन् ।त्यस्तै दुई खोली दोभान ,का होला र सुन जस्तो पितल लगाएत थुप्रै गित हिट भएका छन् ।

यस्तै गरि दर्शक तथा श्रोताको माया पाएमा आगामी दिनमा अझै गित संगीत क्षेत्रमा सक्रिय रहने गायक लामिछानेले बताउनुभयो ।लामिछानेको २ सय भन्दा बढी गितहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर