पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ०४ मा राष्ट्रिय परिचय पत्रको फाराम भर्ने तथा फोटो खिचाउने कार्य सम्पन्न भएको छ।

पुस ०५ गतेबाट सुरु भएको उक्त कार्य माघ ०८ गते सम्पन्न भएको छ। वडा नम्बर ०४ बाट ३५०० वडाबासीले फाराम भर्नु भएको वडा अध्यक्ष शमशेर लामाले जानकारी दिनुभयो। अझै छुटफुट हुनुभएको महानुभावहरुले जिल्ला प्रशासन कार्यालयबाट बनाउन सकिने पनि उहाँले बताउनुभयो।

यसका साथै जिल्लाबाट खटिनु भएका कर्मचारीहरुलाई बिदाई कार्यक्रम पनि सम्पन्न भएको छ। उहाँहरुलाई अध्यक्ष लामाले खादा लगाएर बिदाई गर्नुभएको हो। यस कार्यमा उल्लेख्य भुमिका निभाउने कर्मचारी तथा महानुभावहरुलाई पनि उहाँले धन्यवाद प्रकट गर्नुभएको छ। कार्यक्रममा बुद्धिजीवी,समाजसेवी,युवा व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार