
पूर्वी चितवनको खैरहनी नगरपालिका ०९ मा अवस्थित करवाकेली पुन युवा क्लबद्वारा स्व.यम बहादुर पुन स्मृति कप राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
आज माघ ०५ गते आयोजित पत्रकार सम्मेलनमा खेलको आयोजना गरिने क्लबका अध्यक्ष चक्र बहादुर पुनले जानकारी गराउनुभयो।
आजको कार्यक्रम क्लबका अध्यक्ष पुनको सभापतित्वमा सम्पन्न भएको थियो। त्यस्तैगरि प्रमुख अतिथिको रुपमा पुन समाज नेपाल जिल्ला कमिटी अध्यक्ष धन बहादुर पुन हुनुहुन्थ्यो। विशिष्ट अतिथिको भुमिकामा खैरहनी नगरपालिका वडा नम्बर ०९ का वडा अध्यक्ष तथा क्षेत्रीय पुन समाज नेपाल पूर्व अध्यक्ष होम बहादुर पुन र अतिथिमा पुन समाज नेपाल जिल्ला समिति सह सचिव हरि पुन, पुन समाज नेपाल जिल्ला समिति सदस्य भिम बहादुर पुन हुनुहुन्थ्यो।
भलिबल विजेताले नगद रु.१,००,१११/- प्राप्त गर्नेछन् भने द्वितीयले रु. ५०,०५५/-,तृतीयले २५,०५५/- र सान्त्वना पुरस्कार स्वरुप रु. १२५०० प्राप्त गर्नेछन्।
राष्ट्र भरका ८ भलिबल टीमहरु मणिमुकुन्द भलिबल क्लब रुपन्देही, स्याङ्जा वालिङ भलिबल क्लब स्याङ्जा, पाल्पाली भलिबल क्लब पश्चिम नवलपरासी, चितवन भलिबल संघ चितवन, अभिषेक चर्च रजहर, साहारा सुपर मार्केट चितवन, नवलपुर भलिबल क्लब नवलपुर र आयोजक टीम करवाकली पुन युवा क्लब प्रतियोगितामा सहभागी हुनेछन्।१३ गते सुरुवात हुने उक्त प्रतियोगिताको फाइनल भने माघ १७ गते हुनेछ।
कार्यक्रम अवधिभर लगभग १८ लाखको अनुमान गरिएको करवाकली पुन युवा क्लबका सह सचिव, खेल संयोजक तथा आज आयोजित कार्यक्रमको सञ्चालक सोम बहादुर पुनले बताउनु भयो।