
चितवनको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको माघ ९ गते साँझ निधन भएको छ । प्रेसर लो भएर अस्पतालमा उपचाररत उनको साँझ पौने ८ बजेतिर निधन भएको हो ।
माघ ८ मा अचानक स्वास्थ्यमा गम्भीर समस्या आएर उनीलाई अस्पताल लगिएको थियो र उपचारको क्रममा निधन भएको हो।
स्थानीय तहको निर्वाचनमा ५६ बर्षिय उप्रेती नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । उप्रेतीका श्रीमति र तीन छोरा छन् । उप्रेतीको भोलि शनिबार अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।