
पूर्वी चितवनको राप्ती नगरपालिका ०५ मा सुत्केरी तथा गर्भवती पोषण भत्ता वितरण कार्यक्रम सम्पन्न भएको छ।
एक कार्यक्रमको आयोजना गरि कार्य सुरु गरिएको थियो।कार्यक्रममा राप्ती नगरपालिका वडा नम्बर ०५ का सम्पूर्ण जनप्रतिनिधिहरु,वडा सचिव ,समाजसेवी,बुद्धिजीवी,पत्रकार तथा पोषण भत्ता लिने महिलाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष मेनुका पाठकले पोहोर पनि ३ लाख पैसा विनियोजन भएको तर कोरोना कहरले गर्दा पैसा कोरोना कोषमा गएको बताउनुभयो।
साउन यता सुत्केरी तथा गर्भवती भएकी महिलाहरुलाई पोषण भत्ता स्वरुप २५००/- रुपैया उपलब्ध गराइएको थियो। आज मात्र ३२ जना महिलालाई भत्ता वितरण गरिएको र छुटेका तथा बाँकिलाई चाँडै नै उपलब्ध गराउने वडा अध्यक्ष पाठकले बताउनुभयो।