तपस्याको गृह विमोचन भएको छ । लेखक आकाश पौडेलको उपन्यास तपस्या यही माघ ३ गते चितवनमा पहिलोपटक लोकार्पण गरिएको थियो । माघ १२ गते लेखकको जन्मस्थान पाणिनी गाउँपालिका-६ धातिवाङस्थित श्री धातिवाङ माध्यमिक विद्यालयमा गृह विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम पौडेलले पुस्तक लेखेर लेखक पौडेलले आफ्नो र जिल्लाकै गौरव राखेको बताए । `आगामी दिनमा पनि यस्तै अन्य कृतिहरु पनि पढन पाइयोस्´- प्रमुख अतिथि पौडेलले भने । लेखकलाई शुभकामना दिँदै शिक्षक रामप्रसाद गौतमले सिर्जनात्मक निरन्तरतासहित उज्ज्वल भविस्यको कामना गरे ।

कार्यक्रमका सभापति प्रधानाध्यापक हिमलाल पौडेलले शुभकामना सहितको मन्तव्य दिँदै आफूले पढाएको विद्यार्थीले लेखेको पुस्तकको बिमोचन आफ्नै विद्यालयमा गर्न पाउँदा खुसी लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार