राप्ती,माघ १२/ ग्लोबल आइएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्था बिच कृषि अनुदान कर्जामा सानाकिसानको पहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा बैंकको बागमती प्रादेशिक कार्यलय उप-प्रमुख बिदुर ज्ञावाली र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद थपलियाले हस्ताक्षर गर्नु भएको छ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले भण्डारा लगायत चितवनका विभिन्न स्थानहरुमा बाख्रा पालन,डेरि,तरकारी खेती,कुखुरा पालन,बङ्गुर पालन ,माछा पालन तथा विभिन्न फलफुलहरुको उत्पादन गर्ने कृसकहरुलाइ स्थानीय सहकारीको सिफारिसमा सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने छ भने भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा सानाकिसानहरुलाइ आवश्यक  तालिमको ब्यबस्था गर्ने छ ।
मुलुल भर तथा मुलुक बाहिर शाखा सन्जाल रहेको ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र बर्ग सम्म बैंकिङ्ग सेवाको पहुच पुर्याउने उदेश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा ,२४० एटिएम,२४४ शाखा सहित बैंकिङ्ग सेवा ,४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यलय समेत गरि करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा ,अस्ट्रेलिया ,मलेसिया ,दक्षिण कोरिया,जापान ,साउदी अरेबिया ,कतार,युएई ,बहराइन ,कुबेत,भारत ,जोर्डेन,हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउदै देशको अर्थ ब्यबस्थामा महत्वपूर्ण योगदान पुर्याउदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार