आज माघ १२ गते मदन भण्डारी फाउण्डेशन राप्ती नगर प्रचार प्रसार विभागको प्रथम बैठक सम्पन्न भएको छ। बैठक राप्ती नगरपालिका ०७ मा बसिएको थियो।

बैठक विभागका अध्यक्ष क. प्रकाश कालाखेतीको अध्यक्षता साथै नेपाल कम्युनिष्ट पार्टी( नेकपा)का केन्द्रीय सदस्य एवम् राप्ती नगरपालिका प्रमुख क. प्रभा बरालको प्रमुख आतिथ्यता साथै  नेकपा बागमती प्रदेश जल तथा ऊर्जा विभाग सदस्य तथा  मदन भण्डारी फाउन्डेसन चितवन क्षेत्र नं १ का अध्यक्ष क. गोबिन्द कँडेल, नेकपा राप्ती नगर कमिटी संयोजक क. सिताराम बल, फाउण्डेशन राप्ती नगर कमिटि उपाध्यक्ष क. श्यामलाल बि.क, नगर कमिटी सचिव  क. राजकुमार कँडेल, मदन भण्डारी  स्पोर्टस एकेडेमी  राप्ती नगर कमिटी अध्यक्ष क. केदार आचार्य लगायत मदन भण्डारी फाउन्डेसन प्रचार प्रसार विभाग समितिका सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

यही माघ १७ गते सम्माननिय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष राजनेता क. के पी शर्मा ओली को उपस्थितिमा भरतपुर केन्द्रीय बस टर्मिनलमा हुन गैरहेको विशाल जनसभाको व्यवस्थापन साथै जन सहभागिताको विषयमा उक्त बैठक केन्द्रित थियो।

यसका साथै सो बैठकले नै १७ गते हुने भनिएको कार्यक्रमको लागि राप्ती नगरपालिका भित्र रहेका साविकका गा.वि.स. मा प्रचार समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार