
पुर्वी चितवनको राप्ती नगरपालिकामा प्रथम राप्ती भेट्रान्स कप सुरु भएको छ । राप्ती ४ मा रहेको शिवपुरी क्लबले शिवपुरी क्लबको खेल मैदानमा आयोजना गरेको भेट्रान्स कपको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो।
राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँले कार्यक्रममा बोल्दै खेल र खेलाडीको प्रोत्साहन का लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । स्वस्थ रहन खेलकुदको महत्व रहने भएकाले युवाहरुलाई खेलप्रति जोड दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष शमशेर लामाले यस्ता गतिविधि ले युवाहरु एकजुट हुन र सक्रिय रहन प्रेरणा मिल्ने बताउनुभयो । वडा नं २ का अध्यक्ष श्यामसुन्दर उप्रेती, वडा नं ५ का अध्यक्ष मेनुका पाठक, नेकपा राप्तीका इन्चार्ज मान बहादुर स्याङबो, नेपाली कांग्रेस नगर अध्यक्ष नारायण उप्रेती लगायतले प्रतियोगिताको सफलताको कामना गरे । आयोजक शिवपुरी क्लबका अध्यक्ष सुवास सिलवालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोह सचिव जयराम बास्कोटाले सञ्चालन गरेका थिए ।