
युवा व्यवसायी अभियान पाठकले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन्।
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा अवस्थित श्री राष्ट्रिय आधारभूत विद्यालय पढरियाको स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।
उनले त्यस स्कुलमा अध्ययनरत १२० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कापी,सिसाकलम र इरेजर वितरण गरेका हुन्।
वितरण कार्यक्रममा सभापतिको भुमिकामा राप्ती जेसिजका अध्यक्ष दिनेश सेढाई हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा राप्ती उद्योग वाणिज्य संघको विशिष्ट सदस्य पुर्ण बहादुर थापा हुनुहुन्थ्यो।
पाठकले गरेको यस कार्यप्रति स्कुलका व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद चौधरीले खुशी व्यक्त गर्नुभयो। जन्मदिनमा अनावश्यक खर्च नगरी शैक्षिक सामग्री वितरण जस्तो अनुकरणीय कार्य गरेकोमा उहाँले प्रशंसा पनि प्रकट गर्नुभयो।
राप्ती जेसिजको समन्वयमा कार्यक्रम सम्पन्न भएको व्यहोरा राप्ती जेसिज बर्ष २०२० का महा सचिव सुजन थापाले जानकारी दिनुभयो।
त्यस्तै आफ्नो जन्मदिनमा शुभकामना दिनुहुने महानुभाव तथा कार्यक्रम सफल बनाउन अमूल्य भुमिका खेलेको राप्ती जेसिजलाई पाठकले विशेष धन्यवाद व्यक्त गरे।