राप्ती नगरपालिका ५, जेपी मार्गमा रहेको निर्माणाधीन कंक्रिट नालाको अनुगमन भएको छ। वडा अध्यक्ष मेनुका पाठकद्वारा नालाको अनुगमन भएको हो। अनुगमनमा वडा अध्यक्ष तथा अग्रज व्यक्तित्व तथा सथानियहरु हुनुहुन्थ्यो।

वडाबाट विनियोजित छ लाख बजेटबाट नालाको काम थालनी भएको हो। १८४ मिटर नालाको स्टमेट गरिएको छ। पहिलो बर्ष ७ लाख बजेट परेको थियो। अहिले अपुरो नाला जोडिने क्रम जारी रहेको छ।

गाउँमा नालाको निर्माण अगाडि बढेपछि स्थानियबासीहरुले खुशी व्यक्त गरेका छन्।

यसका साथै एक भेला आयोजना गरि वडा अध्यक्ष पाठकले किसान समूह गठन गर्ने प्रतिबद्धता गर्नुभएको छ। जसले कृषकहरुलाई फाइदा पुर्याउने तथा कृषिमा आउने समस्याहरुलाई समाधान पुग्ने उहाँले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार