भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा अब स्वाब परीक्षण गर्दा कोरोनाको रिपोर्ट मोबाइलमै आउने भएको छ ।

प्रयोगशालामा कोरोना भाइरस संक्रमण भए नभएको विषयमा जाँच गराउँदा सेवाग्राहीलाई अब प्रयोगशाला धाउन नपर्ने भएको हो । प्रयोगशालाकी इन्चार्ज डा नितु अधिकारीले कोरोना परीक्षणको नतिजा मोबाइलमै एसएमएसबाट जानकारी दिईने गरि सेवा सुरु गर्न लागिएको बताइन् । उनले आफ्नो रिपोर्ट पोजेटिभ वा नेगेटिभ के आएको छ भन्ने बारे मोबाइलमै आउनेछ, त्यसको लागि आवश्यक काम भईरहेको जानकारी दिइन् ।

आउने केही दिन मै यो सेवा सरु हुने र रिपोर्ट लिनको लागि अस्पताल धाउनु पर्ने समस्याको अन्त्य हुने उनको भनाइ छ । प्रयोगशालाले उपलब्ध गराएको आफ्नो ‘युजर आईडी र पासवर्ड’को सहायताले जुनसुकै ठाउँबाट पनि रिपोर्ट प्रिन्ट गर्न सकिने उनले बताइन् । यसअघि कोरोना पोजेटिभको नतिजा फोनबाट र नेगेटिभको नतिजा भरतपुर अस्पतालको फेसबुक पेजबाट जानकारी गराइँदै आएको थियो ।

अब यस प्रविधिबाट छिटो र सहज तरिकाले नतिजा बारे जानकारी पाउन र प्रिन्ट गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार