कवि महेश कार्की ‘क्षितिज’को कविता संग्रह लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आज उनको कविता संग्रह ‘एक्लो महारथी’को लोकर्पित भएको हो।

कविता संग्रहलाई महेश पौड्याल, मोमिला, राजुकुमार बानियाँ, भूवनहरि सिग्देल, पुष्कर लोहनी, क्षितिजका माता पिताले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।कार्यक्रममा नवराज लम्सालले स्वागत मन्तव्य दिएका थिए। उनले गाउँ र समाजको असल स्वाद चाखेका कवि महेशका कविताहरू पनि उस्तै असल रहेका बताए।

समालोचक बानियाँ संग्रहबारे समीक्षात्मक टिप्पणी राखे। उनले भने, ‘महेशका कविताहरूमा समयको आभास, ग्रामीण संवाद र समाकालीन चित्र अत्याधिक भेट्न सकिन्छ।’

एउटा फर्माटमा बस्न थाल्दा कविता उस्तैउस्तै हुने बुझेका कवि क्षितिजले आफूलाई त्यसबाट पर राखेर पात्रबाट बोलेको बताए। उनले भने, ‘क्षितिज आफ्ना कवितालाई मौलिक र पृथक रुपमा उभ्याउन सफल भएका छन्। उनको कवितामा तपस्विको चिन्तन भेटिन्छ।’

यस्तै, कवि मोमिलाले ‘एक्लो महारथी’ संग्रह कवितालाई कतिसम्म सुत्रामक रुपमा प्रस्तुत गर्न सकिन्छ भन्ने उदाहरण रहेको बताइन्।

लेखक क्षितिजले मैले जे देखे, जे भोगे, ती सबै नै यस कृतिमा उतारेको बताउनुभयो । कविता माथि समिक्षा गर्दै महेश पौड्यालले कविता माथि अझै केही गर्न सकिने बताउनु भयो , उनले कविता सुक्ति र मन्त्रजस्तो छोटो तिखो,र मिठो हुनेपर्ने बताउनुभयो ।

कविता संग्रह शिखा बुक्सले बजारमा ल्याएको हो।पुस्तकको मूल्य २५० रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार