
जे.वाइ.सी. क्लब थुम्सी, नवलपरासीद्वारा आयोजित खुल्ला क्रिकेट टी-२० प्रतियोगिताको फाइनल भण्डारा वारियर्सले जितेको छ। यही माघ १७ गते भएको फाइनल प्रतियोगितामा आयोजक जे.वाइ.सी क्रिकेट टीमलाई ५४ रनले हराएर फाइनल जितेको हो।
यसका साथै वारियर्सले ट्रफी र नगद पचास हजार जित्न सफल भएको छ।
थुम्सी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको वारियर्सले निर्धारित २० ओवरमा ७ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो।
जवाफी ब्याटिङमा उत्रेको जे.वाइ.सी क्रिकेट टीमले
१६.३ ओवरमा सबै विकेट गुमाउदै १२४ मात्र बनाउन सक्यो। खेलमा २४ रन जोडेर ४ विकेट लिएका खेलाडी चिरन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। प्रतियोगिता भरि नै उत्कृष्ट प्रदर्शन गरेका टीमका कप्तान केशवजंग क्षेत्री म्यान अफ द सिरिज घोषित भए। प्रतियोगितामा टीमलाई आवश्यक परेको बेलामा आफू लगायत सम्पूर्ण खेलाडीले राम्रो प्रदर्शन गर्नाले प्रतियोगिता जित्न सकेको उनले बताए।
त्यस्तै उत्कृष्ट ब्याट्सम्यान केडी थापा भए। उनी मेडल सहित सम्मानित भए।
लगातार ५ जित सहित उपाधि जित्न पाउँदा टीम म्यानेजर राजेश श्रेष्ठले खुशी व्यक्त गरे। “धेरै लामो अन्तराल पछि युवाहरुलाई समेट्दै हामी फेरि मैदानमा उत्रिएका थियौँ। अन्त्यमा जित हासिल गरि छाड्यौँ।” उनीले भनेँ।
पुर्वी चितवनमा रहेका टीमहरु मध्ये आफ्नो टीम उत्कृष्ट रहेको खेलाडी संगम बर्तौलाले दाबी गरे। “म सानो हुँदा मेरो दाईहरु खेलेको टीम हो यो। अहिले आफू खेल्दैछु। पहिला जुन दम्भ थियो त्यसमा अलिकति पनि कमी आएको छैन। पुर्वी चितवनको उत्कृष्ट टीम हाम्रो भण्डारा वारियर्स नै हो।” उनीले भनेँ।