
पुर्वी चितवनको राप्ती नगरपालिका ४ शिवपुरी क्लबको खेल मैदानमा जारी शिवपुरी युवा क्लबद्वारा आयोजित प्रथम राप्ती भेट्रान कपको फाइनलमा भअनि मण्डल भेट्रान ललितपुर प्रवेश गरेको छ।
आज माघ २० गते भएको दोस्रो सेमिफाइनल खेलमा नवलपुर भेट्रानलाई २-० को अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो।
भोलि माघ २१ गते मण्डल भेट्रानले खुमलटार भेट्रान काठमाण्डौसँग फाइनल खेल खेल्नेछ। फाइनल जित्ने टीमले नगद ५०,०००/- र ट्रफी पाउनेछन्।
त्यस्तै आज भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी सुजित केसी म्यान अफ द म्याच घोषित भए। उनलाई राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार कँडेलले ट्रफी प्रदान गर्नुभयो।