
नेपाल वेद विद्याश्रम वनकाली काठमाडौंमा विद्यार्थीद्वारा प्रशासनमा ताला लगाइएको छ । विगतदेखी प्रशासनले गरेको मनोमानीका कारण विद्यार्थीहरू प्रशासनमा ताला लगाउन बाध्य भएका हुन। प्रशासनले विद्यार्थीको भर्नामा मनोमानी गरि पठनपाठनमा नरहेको विषय र पठनपाठनमा नराखिएको कम्युटर विषयका लागि भनेर समेत रकम लिइएको छ ।
विषय सुचिमा नराखिएको विषयका लागि भनेर रकमका समेत विद्यार्थीद्वारा पैसा असुली गरिएको छ।
प्रशासनलाई सञ्चालक समीतिसँग बैठकको मागका लागि हरेक पटक निवेदन पत्र दिइदा पनि कुनै प्रभावकारी काम नभएको र सञ्चालक समीतिलाई कुनै जानकारी नगराइएको पाइएको छ।
हाल यस विद्यालयमा कक्षा १२ सम्म पठनपाठन भइरहेको छ। यस विद्यालयमा निमित्त प्रधानध्यापकले सञ्चालन गरिरहेका छन्। प्रशासनबाट विद्यार्थीको अभिभावकलाई सम्पर्क गरि तँँ तँँ र म म गरि आफ्नो मर्यादा उल्लङ्गन गरेका कारणले विद्यार्थीहरूले विद्यालयको प्रशासनमा तला लगाएका छन्।