
लियो क्लव अफ चितवन बिरेन्द्रनगर र लियो क्लव अफ नारायणगढ चित्रवनको संयुक्त अायोजना र एरिया ३ को बिषेश सहयोगमा स्तन क्यान्सर सम्बन्धी अनलाइन सचेतना कार्यक्रम सम्पन्न भएको छ।
जसको सभापतित्व लियो क्लब अफ बिरेन्द्रनगरका अध्यक्ष लियो संजिब सुबेदी र लियो क्लब अफ नारायणगढ चित्रवनको लियो अध्यक्ष रमेश कंडेलले गर्नुभएको थियो। यसैगरि कार्यक्रमको प्रमुख अतिथिको रुपमा लियो जिल्ला परिषद ३२५ बि २ का अध्यक्ष लियो कुबेर पाठक ज्यू र अन्य अथितिहरुमा जिल्ला परिषदका पधाधिकारीहरू हुनुहुन्थ्यो।
कार्यक्रमको प्रमुख प्रशिक्षकमा लियो क्लव अफ नारायणगढ चित्रवनकि निर्देशक तथा नर्सिङ विज्ञानमा स्नातक गर्दै र क्यान्सर सचेतना विशेषज्ञ लियो ईसा ढकाल रहनुभएको थियो। उहाँले कार्यक्रममा बोल्दै स्तन क्यान्सरका लक्षण तथा रोकथामको बारेमा जानकारी दिनुभयो।
स्तन क्यान्सर रोग एउटा जटिल रोग हो। समयमा सजगता र उपचार पाए यस बाट बच्न सकिन्छ भन्ने उदेश्यले यो कार्यक्रम अायोजना गरिएको जानकारी अध्यक्ष संजीव सुवेदीले जानकारी दिनुभयो।
कार्यक्रममा ९४ जना जुम मार्फत जोडिनुभएको थियो। उक्त कार्यक्रम लियो क्लब अफ चितवन बिरेन्द्रनगर र लियो क्लब अफ नारायणगढ चित्रवनको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण भएको थियो।