नेकपा प्रचण्ड-माधव समूहको केही कार्यकर्ता आज बिहानै पक्राउ परेका छन् ।

प्रहरीले बन्द गराउँदै हिँडेका केहीलाई पक्राउ गरेको जनाएको छ । सामाखुसी, सोह्रखुट्टे, महाराजगञ्ज र बानेश्वरबाट केही प्रचण्ड–माधव समूहका कार्यकर्ता पक्राउ परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएकाे छ ।

सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आज आमहड्ताल गर्ने घोषणा गरेको छ । आमहड्तालको घोषणासँगै सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

गृहले संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध गर्नेजस्ता कार्य नगर्न आग्रह गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।

बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार