
नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले राजधानीमा केही सवारी साधनमा तोडफोड गरेका छन्।
बिहीबार बिहान बन्द गर्न हिँडेका कार्यकर्ताले काठमाडौंको मित्रपार्कमा एउटा बस र गोंगबुमा टाटासुमोमा तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरले जानकारी दिए।
प्रहरीले बन्द गर्दै हिड्ने ५६ जनालाई पक्राउ गरिसकेको महशाखाका वरिष्ठ उपरीक्षक सिंहले वताए । तीमध्ये ट्याक्सीमा आगजनी गर्नेहरू पनि छन्। प्रदर्शनकारीले बिहीबार बिहानै गोंगबुमा प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन्।