लियो क्लब अफ चितवन बिरेन्द्रनगरले ‘खाना खुवाउने’ कार्यक्रम गर्ने भएको छ।

यहि माघ २५,२६ र २७ गते कार्यक्रमको सञ्चालन गरिने छ। कार्यक्रम श्री राष्ट्रिय मातृ सहयोग रा.प्रा.विमा सञ्चालन गरिने लियो PRO लोकनाथ कँडेलले जनाउनु भयो। त्यस विद्यालय ११५ जना विद्यार्थी रहेको व्यहोरा पनि उहाँले बताउनुभयो।

विगतका दिनमा झैँ थप अर्को सामाजिक कार्य गर्न लागेको लियो क्लब अफ चितवन बिरेन्द्रनगरका प्रथम उपाध्यक्ष महेन्द्र खरालले जानकारी दिनुभयो।

त्यसका साथै लियो क्लब अफ चितवन बिरेन्द्रनगरको छैठौं बोर्ड बैठक सम्पन्न भएको छ। लियो सदस्यहरुको उपस्थिति रहेको बैठकको अध्यक्षाता लियो अध्यक्ष संजिव सुवेदीले गर्नु भएको हो। बैठकमा विविध कुराहरु माथि छलफल भएको थियो। साथै आजैको बोर्ड बैठकबाट थप दुईजना नयाँ सदस्य पनि चयन भएको प्रथम उपाध्यक्ष खरालले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार