
राप्ती/माघ २४,
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)राप्ती नगरपालिका वडा नम्बर १० को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।आज भएको प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेकपा का स्थायी कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र प्रसाद पाण्डे हुनुहुन्थ्यो ।अर्थबिद तथा निर्वाचन समितिका केन्द्रिय सदस्य डा.कृष्ण पन्त,नेकपा प्रदेश कमिटी सदस्य तथा चितवन जिल्ला पार्टी सचिवालय सदस्य अमर बहादुर तामाङ ,नेकपा जिल्ला कमिटी सदस्य केशब कंडेल लगायतको उपस्थिति थियो ।
नेकपा राप्ती १० का सयौ अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको सो प्रशिक्षणमा केन्द्रिय राजनीतिको बर्तमान अवस्था बारे चासो रहेको थियो ।आम कार्यकर्तालाइ पछिल्लो राजनैतिक घटनाक्रमको बिसयमा जानकारी गराउने क्रममा प्रमुख अतिथि पाण्डेले अहिले नेकपा भित्र प्रस्ट दुई धार देखिएको र यसको मुख्य कारण बर्तमान प्रधानमन्त्री केपि शर्मा ओलि रहेको जानकारी गराउनु भयो । सांसद बिगठन गर्ने कार्य संविधान बिपरित भएको र यसको खबरदारी हामीले गर्दै आएको बताउदै ब्यक्तिगत स्वार्थका लागि केपि तन्त्र हाबी हुँदै गएको पनि प्रष्ट पार्नुभयो।बिशेष गरि राप्ती १० मा मात्र नभइ राप्ती भरिका पहाडी भेग राप्ती १०,११,१२ र १३ ले बिकाशको नया ढाचा लिइसकेको ,त्यसका लागि आफुले लागि परेको समेत जानकारी गराउनु भयो ।नेता पाण्डेले अब छिट्टै राप्ती भरी बिद्धुतिय सेवा बिस्तार हुने कुरामा ढुक्क हुन आम कार्यकर्ताहरुमा बिश्वास दिनु भयो । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा राजकुमार प्रजा र शुरेस प्रजाको नेतृत्वमा २६ जना नेपाली काङ्रेसका कार्यकर्ताहरुलाइ टीका लगाइ नेता पाण्डेले नेकपा पार्टी प्रवेश समेत गराइएको थियो ।
कार्यक्रममा नेता डा.कृष्ण पन्त र अमर बहादुर तामाङले बोलेका थिए भने कार्यक्रमको सभाध्यक्ष राप्ती १० का नेकपा वडा पार्टी सचिव भरत चेपाङले गरेका हुन ।