मेरो मूल्य , मेरो शरिरको मूल्य
– कति छ ? ग्राहक आएर साहुलाई सोध्छ
म कोठिबाट चुपचाप सुनिरहन्छु , शिलाजस्तै
रात भरको पाच हजार – एक पटकको पन्ध्र सय
वास्तवमा मेरो मूल्य के हो ?
कति छ ?
म आफै अनभिज्ञ छु ।

फरक-फरक ग्राहक सङ्ग – बेग्लाबेग्लै मुल्यमा बेचिन्छु
मेरो अङ्ग सङ्ग खेले बापत बक्सिस दिँदै हिँड्छन् कोहि
– फर्किएर आउने वाचा गर्दै

म आफ्नै गन्ध खोज्दैछु
मलाई चुम्न आउने रक्सी र चुरोटको गन्धसँगै
तर मलाइ सानै देखि मन परेन कहिल्यै
कस्तुरिको त्यो गन्ध – जुन मसँग थियो

बुवाले रक्सी खाएर आमालाइ पिट्दा
लाग्थ्यो रक्सी बनाउने कम्पनीनै बन्द होस्
आज म यो कोठीमा स्वर्ग खोजिरहेछु
प्रत्येक पल रक्सी र चुरोटको गन्धमा सास फेर्दै
नर्क महसुस हुन्छ ज्यूदोँ मेरो लासलाई ।

मलाई आफ्नैले धनको प्रलोभन देखाइ
– बेचेर गए देखि रुपियाँका केही बिटामा
थाहा छैन मेरो आफ्नै मूल्य कति हो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार