भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबास गर्नेहरुकाे लागि राप्ती नगरपालिका वडा २ ले सुचना जारी गरेको छ।

सुचनामा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्नेहरुका लागि स्थानिय लगत सङ्कलन गरिने जानकारी गराइएको छ।

उक्त विवरण संकलनको लागि गणक र जनप्रतिनिधि घरमै पुग्ने जनाइएको छ र कागजात तयारी अवस्थामम राख्नको लागि पनि राप्ती नगरपालिका वडा नम्बर २ ले अनुरोध गरेको छ।

कागजातमा घरपरिवारको सबै सदस्यहरुको नागरिकताको प्रतिलिपी,मतदाता परिचयपत्रको प्रतिलिपी,जग्गा उपभोगको प्रमाण, जग्गा नापी निस्सा भए सो को प्रमाण, घरमुली तथा उहाँको श्रीमान्/श्रीमतीको २/२ प्रति फोटो, आफुसँग भएको सबै जग्गाको लालपुर्जाको प्रतिलिपी, सिमाना जोडिएको पालिका भए पालिकाले छनोट गरेको जग्गाको प्रमाणपत्रको प्रतिलिपी, लाभग्राही १० बर्ष भन्दा माथि बसेको प्रमाण जस्ता कागजातहरु रहेका छन्।

निवेदन दर्ताको निस्सा ३५ दिन भित्र आयोगमा पेश गर्नुपर्ने वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले बताउनु भयो। अन्य जानकारीको लागि वडा कार्यालयमा सम्पर्क गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार