चितवन ,२६ माघ।
उद्योग वाणिज्य संघ खैरहनीको नवनिर्वाचित टोलीलाई आज बधाई तथा शुभकामना दिदै सम्मान गरिएको छ । एक कार्यक्रमको आयोजना गरि उद्योग वाणिज्य संघको कार्यसमितीलाई खैरहनी चेम्बर अफ कमर्सले खादा र सम्मान पत्रले सम्मान गरेको हो ।

कार्यक्रम कमर्सका अध्यक्ष प्रकाश श्रेष्ठ ज्यूको अध्यक्षता भएको थियो। प्रमुख अतिथिमा चितवन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टराई हुनहुन्थ्यो। त्यस्तै विशिष्ट अतिथिमा नव निर्वाचित उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ हुनुहुन्थ्यो।

कार्यक्रममा स्वागत मन्तव्य कमर्सका उपाध्यक्ष उत्तम अधिकरीले राख्नुभएको थियो। साथै सचिव केशव लम्सालले नव निर्वाचित अध्यक्ष लगायत पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा उवासंघको नव निर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनहरूमा उद्योगी व्यवसायीलाई पर्ने सङ्कटमा दुई संघ सहकार्य गर्दै अघि बढ्नुपर्छ भन्दै कमर्स प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।

त्यस्तैगरि प्रमुख अतिथि भट्टराईले पूर्वी चितवन उद्योग व्यवसाय सम्भावित क्षेत्र भएकोले संघ सङ्गठन सहकार्य आवश्यक पर्ने भन्दै नव निर्वाचित टिमलाई बधाई साथै शुभकामना दिनुभएको थिए।

कार्यक्रमलाई समापन गर्दै कमर्सका अध्यक्ष श्रेष्ठले एकै नगरमा रहेर दुईधार नभई एक आपसमा साझेदार भुमिकालाई निर्वाह गर्नुपर्ने र यसको कारणले उद्योगी व्यवसायीलाई आर्थिक उन्नतिशील बनाउन टेवा पुग्ने बताउनुभयो। उहाँले अध्यक्ष लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई साथै शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

खैरहनी चेम्बर अफ कमर्सको भवनमा आयोजित उक्त कार्यक्रम सञ्चालक समितिका सदस्य अनिल कुँवरले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार