मेलम्ची नगरपालिकाको नगरसभा तथा ८औं अधिवेशन सम्पन्न भएको छ । नगरसभामा नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा स्थानिय सरकार संचालन ऐन २०७४ले प्रत्यायोजन गरेका अधिकार क्षेत्रभित्र रहि नगरपालिकाले १८ वटा ऐन,३ वटा नियमावली र १०वटा कार्यविधि गरी जम्मा ३१वटा ऐन कानुन निमार्ण गरि तिनै ऐन कानून र कार्यविधिमा रहेर कार्यहरु संचालन गरिरहेको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्र रहेका १३वटै वडाको कार्यबोझलाई मध्यनजर गर्दै लोक सेवा आयोगमा थप कर्मचारीहरु माग गरिएको नगरसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नगरपालिकाले नगरको गुरुयोजना निमार्णगरि सोहि अनुरुप मेलम्ची सिटिपार्क, बसपार्क, अस्पताल, नगरचक्रपथ निमार्ण लगायत केहि ठुला वहुवर्षिय आयोजनाहरु निमार्णमा तिव्रता दिइएको नगरपालिकाले जनाएको छ । नगरलाई पर्यटकिय क्षेत्रको रुपमा विकास  गर्न ईन्द्रावति नदिमा मेलम्ची स्वप्न सरोवर निमार्ण गर्नको लागि संभाव्यता अध्ययन गर्नेकार्य गरिएको छ । त्यस्तै गुफा डाँडा,धौले,क्षेत्र लगायतको विस्तृत परियोजना प्रतिवेदन तयार भएको नगरपालिकाले जनाएको छ । त्यस्तै पुर्वाधार विकासको सडकतर्फ मेलम्ची नगरपालिका वडा नम्बर ११को टार र मेलम्ची १३को भञ्ज्याङ ठाँटि सडक गरि १ ÞÞ३७१ किलोमिटर कालोपत्रे सम्पन्न भएको नगरपालिकाको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै हालसम्म ५२ किलोमिटर सडकको नयाँट्रयाक निमार्ण, ७५ किलोमिटर बाटोमा ग्राभेल, लगाएतका सडक बलियो बनाउनका लागि नगरपालिकाले काम गरिरहेको जनाइएको छ । त्यस्तै नगरपालिकाको कार्यालय र हरेक वडा कार्यालय जोड्ने बाटो निमार्णलाई उच्च प्राथमिकता दिइएको छ  । नगरभित्र एकघर एक धारा अभियान संचालन सँगै ३४० वटा खानेपानि धारा निमार्ण सम्मपन्न सहित १७ सय ५० घरधुरी लाभान्वित भएका छन् भने ९ सय ९१वटा धाराहरु अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।
  नगरपालिकामा रहेको ६ हजार १ सय ९३ हेक्टर खेतियोग्य जमिन मध्ये ३५५३ हेक्टर जमिनमा सिंचाइ सुविधा पुगेको र बाँकि २६४० हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउँन सिंचाइ कुलो, थोपा सिंचाइ, आकाशेपानी संकलन गरि सुख्खा क्षेत्रमा अपनाइने सिंचाइका नयाँ प्रविधि अपनाइएको छ । मेलम्ची नगरपालिकाको गौरबको योजनामा रहेको सिटिपार्कको पूर्वाधार निमार्णकार्य सम्पन्न भइ चालु आर्थिक बर्षमा पानिको फोहोरा, आरामस्थल,मुल गेट निमार्ण, पानी ट्याङ्की , आरसिसि ढलान र बाटोनिमार्णको काम सुरु भएको छ । प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्माणाधिन बसपार्कमा ल्याडपुलिङ गरि विश्रामस्थल निमार्ण सम्पन्न भएको छ । अब छिट्टै बसपार्क सञ्चालनमा ल्याउने नगरपालिकाको योजनामा रहेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।
                       
नगरपालिकाको वडा नम्बर ७,८,र १० मा अस्थाइ वडा कार्यालय भवन निमार्णकार्य सम्पन्न भएको छ भने १,२र ५को पक्कि भवन अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । नगरको ८,१० र १३ नम्बर वडाको स्थाई कार्यालय भवन निमार्ण कार्य सुरु गरिएको छ भने   ४४वटा सामुदायिक भवनको निमार्ण तथा मर्मत कार्य सम्पन्न भएको छ । नगरपालिकाको प्रगतिमा ५वटा स्वास्थ्य चौकि भवन निमार्ण सम्पन्न ,२५वटा दाहसंस्कार भवन, १४ वटा मन्दिर ७वटा माने, ६वटा सार्वजानिक शौचालय,२ वटा गुम्बा निमार्ण तथा मर्मत ,१८वटा प्रतिक्षालय , छात्राबास, दुध चिस्यान केन्द्र, फोहोरमेला ब्यबस्थापन केन्द्र, ३वटा खेलकुद मैदान, कोशेलि घर निमार्ण सम्पन्न भएको देखिएको छ । त्यस्तै २ बर्षभित्र १५शैयाको मेलम्ची प्राथमिक अस्पताल निमार्ण कार्यको लागि प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै १० हजार ६सय ७५ वटा लाभग्राहिले स्थाइ आवास निमार्ण सम्पन्न गरेका छन भने ३ हजार १ सय ८९ घरधुरीको निमार्णबाँकि रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै ४ बर्षको अवधिमा ७० करोड, ४३लाख ८८ हजार आन्तिरिक राजश्व संकलन भइ कानुन बमोजिम खर्च गरिएको नगरपालिकाले जनाएको छ । बजार अनुगमनलाई तिव्रता दिदै कालोबजारी ,मुल्य वृद्धिरोक्न र प्रतिस्पर्धात्मक बजार निमार्णको कार्य अगाडि बढाइएको छ ।
                      
नगरपालिकाले कृषि क्षेत्रको विकासको लागि बगैंचा स्थापना तथा सुदृणिकरणका लागि ६० हजार अमिलो जातको फलफुलको विरुवा वितरण गरिएको छ । प्लाष्टिक टनेल, ९वटा सिंचाइकुलो, फौजि किरा नियन्त्रणका लागि विषाधि वितरण, १४८ थान मिनिटिलर र ५४ वटा मल्टिक्रप थ्रेसर वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ । पशु तथा कुखुरा उपचार सेवा, पशु कृतिम गर्भाधान सेवा, गोठ तथा खोर सुधार कार्यक्रम, बयरबोका,बंगुरका पाठापाठि वितरण गरिएको र यसबाट पशुपालक किसानको स्तर उन्नतिमा टेवा पुग्ने नगरपालिकाले विस्वास लिएको छ । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत वडा नम्बर ३ देखि ६ र १० र११ गरि ५वटा वडाका गरि १३६ जनालाई १६ दिने रोजगारी प्रदान गरिएको छ भने ५४१ ज्ना बेरोजगारलाई इ एम आइ एस् प्रणालीमा सुचिकृत गरिएको नगरपालिकाले जनाएको छ । ४७०  जना बेरोजगारलाई रोजगार प्रदान गरि ५० लाख ९ हजार रकम बैंक मार्फत भुक्तानि गरिएको नगरपालिकाले जनाएको छ । नगरको पर्यटन विकासमा वडा नम्बर १को सुरक्षा डाँडा र पातला गुफा, वडा नम्बर २को तपचुलि,डाँडा, वडा नम्बर ३को चिसापानि, ४को पाटि भञ्ज्याङ्, थानाभञ्ज्याङगढि र धौले , वडा ५को सुलिकोट, वडा ६को मानेभञ्ज्याङ, ९को चांखु देखि गुफा र वडा ११को मेलम्ची हुँदै धुसेनिचौर धौले पर्यटकिय पदमार्ग पहिचान तथा नक्शांकन गर्नेकार्य अगाडि बढाइएको नगरसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सामाजिक विकासमा २९ वटा बालविकास केन्द्र स्थापना गरि बालविकास सहजकर्ताको लागि आधारभूत तालिम संचालन गर्ने योजना नगरको छ ।
                   नगरपालिकाले कोरोना भाइरस तथा कोभिड १९को बेला मेलम्ची रिभर रिसोर्ट र जाल्पादेखि माध्यमिक विद्यालयमा क्वारेन्टाइन तथा बाहुनेपाटि स्वास्थ्य केन्द्रमा आइसोलेशन स्थापना गरि ९४ जना सक्रमितको उपचार गर्नुको साथै ४२०जनाको क्वारेन्टाइनमा राखि ब्यबस्थापन गरिएको नगरपालिकाले जनाएको छ । आठौ नगरसभामा नगरका ३३३ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचयपत्र , ४२४ जना जेष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको उल्लेख गरिएको छ ।  त्यस्तै वडा नम्बर ५,७ र८ नम्बर वडालाई बालमैत्रि वडा घोषणा गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विपद् ब्यबस्थापनमा ३५सय थान तारजालि वितरण गरिएको र विपद्को अनुगमनको आधारमा बढिमा ४० हजार सम्म रकम दिइएको जनाइएको छ । त्यस्तै हालसम्म नगरपालिकामा न्यायिक समितिमा ८२ वटा मुद्धा दर्ता भएकोमा ६७वटा मुद्धा फैसला भएको नगरको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नगरसाभाबाट भएका निर्णयहरु
८औं नगरसाभा बाट नगरपालिका क्षेत्रमा प्राविधिक जनशक्ति एवं विद्यालयहरुमा विज्ञान, गणित, कम्प्युटर अंग्रेजी विषयमा अध्यापन गराउन सक्ने जनशक्तिको चरम अभाव भएकाले यसै पालिकाका इच्छुक योग्यता पुगेका विद्यार्थीहरुलाई अध्यन अभिप्रेति गर्नका लागि नगर प्रमुख छात्रवृति कोष स्थापना गर्ने निर्णय भएको छ ।  उक्त कोषमा यसै आर्थिक बर्षमा रु २०लाख जम्मागर्ने र आवश्यक कार्यविधि तयार गर्ने निर्णय भएको छ । सामुदायिक विद्यालयहरुमा कार्यरत बालबिकास सहजकर्ता , विद्यालय सहायक तथा विद्यालय सहयोगिले प्राप्त गरेको पारिश्रमिक अत्यन्तै न्युन भएकाले आगामि शैक्षिक सत्र २०७८ देखि नगरपालिकाको तर्फबाट प्रति महिना २ हजारका दरले १३ महिनाको पारिश्रमिक भुक्तानि गर्नका लागि ११ लाख विनियोजन गर्ने निर्णय भएको छ ।
                    सामुदायिक विद्यालयका शिक्षकहरुले निवृतिभरण पाउने अवधि पुरागरि आफ्नो पेशाबाट स्वेच्छिक अवकास हुन चाहेमा त्यस्ता शिक्षकहरुका लागि अनिवार्य अवकास हुन १ बर्षदेखि २ बर्षसम्म सेवा अवधि बाँकि भएमा रु पचास हजार ,२ बर्ष देखि ३ बर्ष बाँकि भएमा १ लाख र ३ बर्ष भन्दा माथि भएमा १ लाख ५० हजारका दरले प्रेत्साहन स्वरोप गोल्डेन ह्याण्डसेक प्रदान गर्नका लागि १० लाख विनियोजन गरिएको छ । शिक्षण सिकाई अनुदान ब्यबस्थापनका लागि रु ४७ लाख र अनुगमनका क्रममा भौतिक रुपमा डेस्कबेन्च, फर्निचर अभाव भएका विद्यालयमा प्रयोजनका लागि १२लाख विनियोजन गर्न नगरसभामा पेश भएको छ । त्यस्तै नगरसभाबाट मेलम्ची नगरपालिकाको आर्थिक ऐन २०७७ संशोधन प्रस्ताव , विनियोज ऐन २०७७ संशोधन प्रस्ताव, न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन २०७५मा संशेधन प्रस्ताव र मेलम्ची नगरपालिकाको सहकारी ऐन दोस्रो संशेधन प्रस्ताव पारित भएको छ । सभामा नगर उपप्रमुख भगवति नेपालले नगरपालिकाको आर्थिक बर्ष ७७÷७८को विनियोजन ऐन २०७७को संशेधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । नगरसभामा ११वटा वडाका वडाअध्यक्ष हरुले वडाको प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार