
चितवन,खैरहनी। युवा क्लब खैरहनी बाह्रले मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ।
आज भएको कार्यक्रम समापन समारोहमा तीनवटा सरकारी स्कुल कपिया माध्यमिक विद्यालय,धरमपुर विद्यालय र सलौली आधारभूत विद्यालयमा १२०० भन्दा बढी मास्क वितरण गरिएको थियो।
यस कार्यक्रम अन्तर्गत खैरहनी नगरपालिका भित्रका १० वटा विद्यालयमा ५००० भन्दा बढी मास्क वितरण गरिएको र यस्ता कार्यक्रमहरु आयोजना गरिरहने अध्यक्ष बिजय उप्रेतीले बताउनुभयो। कोरोना तथा अन्य सरुवा रोगको व्यवस्थापनको लागि मास्क वितरण गरिएको पनि उहाँले बताउनुभयो।