
नारायणी फिल्मसको ब्यानरमा छोटो चलचित्र “ज्यान जानी पिरिम” को सिक्वेल बन्ने भएको छ। संगीत प्रतिको लगाव र प्रेम कथा समेटिएको यस चलचित्रमा सचित राज सेढाईकै मुख्य भुमिका रहनेछ भने अन्य पात्रहरु कथाबस्तु अनुसार एकदुई दिनमै टुंगो लगाइने निर्माण पक्षले जानकारी दिएको छ। कोरोनाको महामारी र लकडाउनले गर्दा दोस्रो भागको छायांकनमा ढिलाइ भएको हो।
गत असार महिनामा ‘फोकस नेपाल’ युट्युब च्यानल मार्फत रिलिज गरिएको ‘ज्यान जानी पिरिम’ लाई दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका थिए। अमिर बरालकै निर्देशन रहेको यो चलचित्रमा लक्ष्मण नेपाल, दिपक अधिकारी, सचित राज सेढाई, सन्जु पाठक लगायतका कलाकारहरुले अभिनय गरेका थिए।