
राप्ती /चितवनबाट शैक्षिक परामर्शको सेवा प्रदान गर्दैआएको निप्पोन एजुकेशनल सेन्टरले गत फाल्गुन ४ गते मंगलबार श्रीपन्चमिका दिन एक कार्यक्रमका बीच पूर्वी चितवनको वीरेन्द्रनगरमा शाखा कार्यालय स्थापना गरेको हो ।
उच्च शिक्षा अध्ययनको लागि जापान तथा कोरिया जान चाहने नेपाली विद्यार्थीहरुलाई उचित सल्लाह तथा परामर्श दिँदै आवश्यक प्रक्रियामा सहयोग गर्दै आएको निप्पोन एजुकेशन सेन्टरले वीरेन्द्रनगरको शाखाबाट जापानसँगै अध्ययनको लागि कोरिया जान चाहने विद्यार्थीहरुलाई परामर्शसहित भिसा प्रक्रियामा सहयोग गरिने शाखाका प्रमुख राजन पाण्डेले बताउनु भयो ।
निप्पोन एजुकेशन सेन्टरका प्रवन्ध निर्देशक दिपकचन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्याब्सनका अध्यक्ष रामकृष्ण पन्तले पुर्बी चितवनबाट ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षाको लागि विदेश जाने गरेको तर यस्तो संस्था नभएको कारण पनि यस क्षेत्रमा शैक्षिक परामर्शदाता संस्थाको आवश्यकता खड्किएको र अहिले पूरा भएको बताउदै सफलताको शुभकामना दिनु भयो।
कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि ,बुद्धिजीवी ,व्यावसायि, सन्चारकर्मी आदिको उपस्तिथि थियो ।भने कार्यक्रमको सभापतित्व नव विस्तारीत एजुकेसन सेन्टरका संचालक राजन पाण्डेले गरेका थिए ।