राप्ती नगरपालिका पशुपन्छी बिकास शाखा र नवउद्यमी दुग्ध उत्पादक कृषक स.सं.लि.राप्ती ८ को संयुक्त आयोजनामा राप्ती नगरपालिका वडा नम्बर ८, जोरकुलो चितवनमा बिशेषज्ञ बृहत पशु स्वास्थ शिविर सञ्चालन भएको छ।

कार्यक्रम नेपाल पोलिटेक्निक इ.लि. भरतपुरको प्राविधिक तथा भौतिक सहयोगमा सञ्चालन भएको हो।

पशु स्वास्थ्य शिविरमा ११२ जना सेवा ग्राहीका ८२ पशुको गोबर परीक्षण गरिनुका साथै १२२ गाई, २५ भैसी, २५० बाख्राको स्वस्थ्य परीक्षण गरिएको थियो।

त्यस्तैगरि शिविरमा २२ वटा बोका बन्ध्याकरण, १ गाईको झ्याउकेको अप्रेशन गरिएको थियो।

सेवाग्राहीको पशुहरुलाई निःशुल्क विभिन्न औषधी, भिटामिन, खुवाउने लगाउने र २६ वटा सामुदायिक तथा घरपालुवा कुकुरहरुको रेबिज बिरुद्धको खोप समेत लगाईएको थियो।

उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रामचन्द्र पाठक पाठकले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा राप्ती नगरपालिका वडा नं.८ का वडा अध्यक्ष बुद्धीराज थपलिया, बिशिष्ठ अतिथिमा वडा नं.७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी र नेपाल पोलिटेक्निक इ.लि.का. निर्देशक डा.एगेन्द्र कुमार श्रेष्ठ हुनुहुन्थ्यो।

कार्यक्रममा करिब ३ लाखको औषधी निःशुल्क वितरण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन राप्ती नगरपालिका, पशुपन्छी बिकास शाखाको प्रमुख पशु चिकित्सक शैलेन्द्र भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर