पुर्वी चितवनमा अवस्थित राप्ती जेसिजको प्रशिक्षण कार्यक्रम हुने भएको छ। कार्यक्रम यही फागुन १० गते सोमबार दिउँसो १ बजेबाट राप्ती नगरपालिका वडा नम्बर ७ को कार्यालयमा हुने भएको छ।

कार्यक्रममा नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषालले प्रशिक्षण दिनु हुनेछ भने राप्ती जेसिजका ट्रेनिङ कोर्डिनेटर सुदन उप्रेतीले कार्यक्रमको संयोजन गर्नु हुनेछ।

राप्ती जेसिजले केही दिन अघि मात्र प्रथम पदस्थापना कार्यक्रम गरेको थियो। कार्यक्रममा नयाँ सदस्यहरुलाई जेसिजको बारेमा र जेसिजले गर्नुपर्ने कार्यक्रमको बारेमा पूर्ण प्रशिक्षण दिइने राप्ती जेसिजका कोषाध्यक्ष अभियान पाठकले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार