राप्ती नगरपालिका १२ मा उद्घाटन भएको स्वास्थ चौकी भवन र छात्रावास भवनमा नेपाली कांग्रेस राप्ती नगर समितिले आपत्ति जनाउदै प्रेस विज्ञप्ति निकालेको छ।

फागुन ४ गते बागमती प्रदेशका भुमि सुधार कृषि तथा सहकारी मन्त्री दावा लामा, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल तथा उप प्रमुख इमान सिंह लामाको उपस्थितिमा स्वास्थ चौकी उद्घाटन गरिएको थियो भने वडाका जनप्रतिनिधिहरुको अनुपस्थितिमा उद्घाटन भएको भनि वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन प्रजाले आपत्ति जनाउदै आएका थिए।

आज फागुन ९ गते निकालिएको प्रेस विज्ञप्तिमा वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरुलाई बे-वास्ता गरिएको जनाइएको छ। साथै नगर प्रमुखलाई आफ्नो हैसियतमा रहन पनि आग्रह गरिएको छ।

त्यस्तै मन्त्री लामाले सुझबुझ नगरी कार्यक्रममा उपस्थिति जनाएर गरिमामय पदको ख्याल नगरिएको र दुइ तिहाईको दम्भ देखाइएको तथा इतर पक्षबाट जितिएको प्रतिनिधिको अपहेलना गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर